फिर्तिकेन्द्रमा २ सय ८ नेपाली


कतारको फिर्तीमा रहेका नेपालीको संख्यामा उल्लेख्य कमी आएको छ । नेपाली नियोगले उपलब्ध गराएको जानकारी अनुसार २३ जनवरीसम्म २ सय ८ जना नेपालीहरु फिर्तिकेन्द्रमा रहेका छन् । आन्तरिक मामिला मन्त्रालयको खोजतलास एवं अनुगमन विभागमा दुतावासका जनसम्पर्क अधिकारीको भ्रमणका क्रममा सो आँकडा प्राप्त भएको हो ।
अघिल्लो महिनाको तुलनामा यो संख्यामा निकै कमी आएको हो । डिसेम्बरको अन्तसम्ममा ३ सय १७ नेपालीहरु फिर्ती कन्द्रमा रहेका थिए । केहि महिनादेखि कतारको फिर्ति केन्द्रमा रहेका नेपालीहरूमध्ये हालैका दिनमा मुलुक र्फकने नेपालीको संख्या उल्लेख्य रहेको यो तथ्यांकले देखाएको छ । पछिल्ला दिनमा धेरैजना नेपाली मुलुक फर्किसकेको राजदुत डा. सुर्यनाथ मिश्रले बताए । ‘अव सन्तोषजनक हुादै आएको छ । अझै प्रयास गर्नसम्ने हो भने यो संख्या एक सयभन्दा तल ल्याउन सकिन्छ’ राजदुतले भने-’क्रमशः नेपालीको संख्या कम हुँदै गएको छ र बाँकी रहेकाहरू पनि छिट्टै र्फकने आशा लिएका छौं ।’
फिर्ति केन्द्रमा विभिन्न समस्याका कारण मुलुक फिर्ता जानुपरेका वा पठाइन लागेका ब्यक्तिहरूलाई राख्ने गरिन्छ । फिर्तिकेन्द्रमा रहेकाहरूलाई उनीहरूको फिर्तिका लागि प्रकृया सम्पन्न गरी प्रायः ३ महिनाभित्रको अवधिमा मुलुक फिर्ता पठाइन्छ ।
अधिकांस नेपालीजन नेपाली दुतावासकै कागजपत्र लिएर मुलुक फर्कनका लागि फिर्तिकेन्द्रमा पुगेका हुन्छन् । स्पोन्सर वा कम्पनी छाडी भागेपछि वा कतार बसाई गैरकानुनी हैसियतको बनेपछि उनीहरू घर फिर्ता हुँदा दुतावासको पत्र लिई फिर्तिकेन्द्रमा जानुपर्ने हुन्छ । गैर कानुनी हैसियतका कारण ‘भेलिड कतारी आइडी’ नभएकाहरू कार्यस्थल वा अन्य कुनै पनि ठाउबाट प्रहरी खानतलासीका क्रममा पक्राउ परेमा फिर्ति केन्द्रमै राखिन्छ ।

यसैवीच दुतावासमा रहेका अन्य पीडितहरुलाई गुल्मी जयखानी ३ का टंक श्रीरिसले सहयोग प्रदान गरेका छन् । उनले सहयोग स्वरुप ओढ्ने व्लाङ्केट उपलब्ध गराएको दुतावासमा शरणागत युवा शम्भु यादवले बताए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...