अर्जुन बस्नेत
झापा । माघ १६
दुई जना बालबालिकाहरुलाई बेचबिखन गरेको आरोपमा ०६७ माघ १५ गते दिउँसो ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले एक महिलालाई गिरफ्तार गरेकोछ ।
यसरी गिरफ्तारीमा पर्ने महिलामा डाँगीवारी गाविस १ की ३५ बर्षीया भैरवा श्रेष्ठ रहेकीछिन् । श्रेष्ठले हल्दीवारी गाविस ९ की अर्की महिला ३५ बर्षीया पार्वती राजवंशीले डाँगीवारी गाविस १ का बालिकाहरु १४ बर्षीया तालामाई सोरेन र पवित्रा सोरेनलाई ०६७ माघ १२ गते वैदेशिक रोजगारीको लागि खाडी मुलुक पठाई राम्रो काम लगाई दिने भनि लिएर गएका थिए । नागरिकताको प्रमाण पत्र नलिएका बालिकाहरुलाई उनीहरुले नागरिकता बनाई दिने भनि सुनसरीको झुम्का र झापाको दमकमा लगेर राखेका थिए । सोही क्रममा आज दिउँसो १ बजे दमकबाट बाटो अलमलिउर घर आईपुगेकी पीडीत मध्ये ताला माई सोरेनलाई लिन भनि पछ्याउँदै आएकी भैरवा श्रेष्ठलाई गाउँलेहरुले घेराऊ गरि समातेर प्रहरीमा बुझाएका थिए । साथै उनका पति हेमकुमार श्रेष्ठलाई स्थानियवासिन्दाहरुले डाँगीवारीमा सामान्य कुटपीट गरेका थिए ।
बालबालिकाहरुलाई फकाएर वैदेशिक रोजगारीको लागि भनि भारतको विभिन्न स्थानमा दगेर बेचबिखन गर्ने गरेका उनीहरुलाई हदैसम्मको कानूनी कारबाही हुनु पर्ने स्थानिय महिलाहरुले वताएकाछन् । घट्नामा सँलग्नलाई गिरफ्तार गरिसकिएको र अन्यको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाका सई दिलबहादुर थापाले वताएकाछन् । स्थानिय रुपा राईका अनुसार अर्की महिला बालिकाहरु मध्ये पवित्रालाई लिएर वेपत्ता भएकोले खोजतलास गरि बालिकाको उद्धार गर्नु पर्ने कुरामा डाँगीवारीवासीको चिन्ता रहेको वताएकाछन् ।
समाचार स्रोत झापा पोष्ट दैनिक


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...