आज विहान राजधानीको दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रमबाट उनले आफ्
नो किर्तिमानी यात्रा सुरु गरेका हुन । उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले टोयोटा ल्याण्ड क्रुजर गाडिको चावी हस्तान्तरण गरेर यात्राको सुरुवात गरेका हुन ।
मुनाफ नामक संस्थाको आयोजनामा भएको सो उल्टो सवारी यात्रा दोलखासम्म सफलतापूर्वक पुगे त्यसले विश्व किर्तिमान कायम गर्ने र यसको सम्पूर्ण प्रक्रिया पुरा गरेको आयोजक संस्थाका अध्यक्ष प्रेमध्वजले जानकारी दिए ।
साहसीक उल्टो सवारी यात्री झलकलाई चावी हस्तान्तरण गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस्तो साहसीक यात्रालाई सबैले सम्मान र सहयोग गर्नु पर्ने धारणा राखे । उनले नेपाल र नेपालीको नाम विश्वमै उचो राख्ने यस्तो यात्रालाई सफल बनाउन सरकार, नेपाली नागरिक सबैले सक्दो सहयोग गर्नु पर्ने बताए । उनले एउटा नेपालीले साहसिक यात्रा गरेर गिनिजबुकमा नेपालको नाम अंकित गराउनु सबैकोलागी गौरबको विषय भएको बताए ।
सोही कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राज्यले सहयोग गर्नु पर्नेमा आफै र समाजले मात्रै सहयोग गरेर एक नेपालीले विश्व किर्तिमानकोलागी सहसिक यात्रा गर्नु राज्यकोलागी गंभिर चुनौति भएको भन्दै राज्यले किर्तिमान यात्रालाई बेवास्ता गर्नु लाजमर्दो अवस्था भएको आरोप लगाए । उनले नेपाली पत्रकारीता राजनीतिक विषयबस्तुमा मात्रै अल्झिदा अन्य क्षेत्रले प्रोत्साहन पाउन नसकेको दावी गर्दै पत्रकारिताले यस्ता किर्तिमानलाई प्रोत्साहन गर्नु पर्ने बताए ।
उनले हिजो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दा खगेन्द्र थापामगरलाई मिडीयाले प्रारम्भमा बेवस्ता गरेको स्मरण गर्दै अब यस्तो प्रथालाई मिडियाले पन्छाउनु पर्ने सुझाव दिए ।
किर्तिमान यात्रालाई सुभकामना दिन आयोजित कार्यक्रममा क्षेत्री समाज महासंघका अध्यक्ष भुपति खडका, मधुकर थापा, क्षेत्री समाजका महासचिव रामकुमार क्षेत्रीलगायतकाले सफलताको सुभकामना दिएको थिए । अहिले यात्रा जारी रहेको छ । उनको सहयोगकोलागी आयोजक , सुभचिन्तक र पत्रकारहरु पनि साथ साथै रहेका छन् ।
नो किर्तिमानी यात्रा सुरु गरेका हुन । उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले टोयोटा ल्याण्ड क्रुजर गाडिको चावी हस्तान्तरण गरेर यात्राको सुरुवात गरेका हुन ।मुनाफ नामक संस्थाको आयोजनामा भएको सो उल्टो सवारी यात्रा दोलखासम्म सफलतापूर्वक पुगे त्यसले विश्व किर्तिमान कायम गर्ने र यसको सम्पूर्ण प्रक्रिया पुरा गरेको आयोजक संस्थाका अध्यक्ष प्रेमध्वजले जानकारी दिए ।
साहसीक उल्टो सवारी यात्री झलकलाई चावी हस्तान्तरण गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस्तो साहसीक यात्रालाई सबैले सम्मान र सहयोग गर्नु पर्ने धारणा राखे । उनले नेपाल र नेपालीको नाम विश्वमै उचो राख्ने यस्तो यात्रालाई सफल बनाउन सरकार, नेपाली नागरिक सबैले सक्दो सहयोग गर्नु पर्ने बताए । उनले एउटा नेपालीले साहसिक यात्रा गरेर गिनिजबुकमा नेपालको नाम अंकित गराउनु सबैकोलागी गौरबको विषय भएको बताए ।
सोही कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राज्यले सहयोग गर्नु पर्नेमा आफै र समाजले मात्रै सहयोग गरेर एक नेपालीले विश्व किर्तिमानकोलागी सहसिक यात्रा गर्नु राज्यकोलागी गंभिर चुनौति भएको भन्दै राज्यले किर्तिमान यात्रालाई बेवास्ता गर्नु लाजमर्दो अवस्था भएको आरोप लगाए । उनले नेपाली पत्रकारीता राजनीतिक विषयबस्तुमा मात्रै अल्झिदा अन्य क्षेत्रले प्रोत्साहन पाउन नसकेको दावी गर्दै पत्रकारिताले यस्ता किर्तिमानलाई प्रोत्साहन गर्नु पर्ने बताए ।
उनले हिजो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दा खगेन्द्र थापामगरलाई मिडीयाले प्रारम्भमा बेवस्ता गरेको स्मरण गर्दै अब यस्तो प्रथालाई मिडियाले पन्छाउनु पर्ने सुझाव दिए ।
किर्तिमान यात्रालाई सुभकामना दिन आयोजित कार्यक्रममा क्षेत्री समाज महासंघका अध्यक्ष भुपति खडका, मधुकर थापा, क्षेत्री समाजका महासचिव रामकुमार क्षेत्रीलगायतकाले सफलताको सुभकामना दिएको थिए । अहिले यात्रा जारी रहेको छ । उनको सहयोगकोलागी आयोजक , सुभचिन्तक र पत्रकारहरु पनि साथ साथै रहेका छन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...