झापाको विर्तामोडको व्यस्त बजारमा आइतबार साझँ प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार भएपछि सुरक्षामा चिन्ता थपिएको छ । जसले सुरक्षा दिने हो ऊ नै असुरक्षित भएको भन्दै व्यापारी तथा सर्वसाधारणले सुरक्षा अवस्थाको विषयमा चिन्ता गरेका छन् ।

झापाका स्थायी बासिन्दा पोखरेललाई गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रविन्द्र शर्माले बताउनुभएको छ ।
आइतबार सााझदेखि नै व्यापक रूपमा सुरक्षाकर्मी परिचालित गरिएको र शङ्कास्पद ठाउामा प्रहरीले छापा मारेको समेत जनाइएको छ ।
यता नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका मेची अध्यक्ष सन्त राईले यो घटनाले सबैलाई आतङ्कित पारेको बताउनुभयो । सङ्क्रमणकालको फाइदा उठाउादै आपराधिक गिरोहहरू सक्रिय बनेको भन्दै सुरक्षाको राम्रो व्यवस्था मिलाउन समेत उहााको आग्रह छ ।
केही साताअघि मात्र मेची अञ्चल प्रहरी प्रमुख रविराज श्रेष्ठले मेची अञ्चलमा विशेष सुरक्षा योजना ल्याइएको र सबै प्रकारका आपराधिक घटना नियण्त्रण गर्न प्रहरीसक्षम रहेको बताउनुभएको थियो । विशेष सुरक्षा योजनाले सबैले सुरक्षाको प्रत्याभूत गर्न पाएको र झापाको सुरक्षा अवस्था अत्यन्त राम्रो भएको पनि बताइएको थियो ।
यसैबीच विशेष सुरक्षा योजना ल्याएर सुरक्षाको राम्रो बन्दोबस्त मिलाएको भनिएको बेला आइतबार साँझ प्रहरीमाथि भएको गोली प्रहारपछि इलाका प्रहरी कार्यालय अनारमनीमा रातीनै झापाका सुरक्षा प्रमुखको आपतकालीन बैठक बसेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठ, मेची अञ्चल प्रहरी प्रमुख रविराज श्रेष्ठ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रविन्द्र शर्मा, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतको उपस्थितिमा बसेको बैठकले थप सुरक्षा व्यवस्था कडा पार्ने र चेक जाँचलाई पनि कडाइका साथ अगाडि बडाउने निर्णय गरेको बुझिएको छ ।
गोली प्रहारमा संलग्नको खोजीका क्रममा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरी रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक शिवकुमार श्रेष्ठले जनाउनु भएको छ । घटनाको विषयमा छानबिन गरी सत्यतथ्य ल्याउनका लागि आन्तरिक रूपमा एउटा समिति पनि निर्माण भएको स्रोतले बताएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले झापाको सुरक्षा व्यवस्था राम्रो भएको र आइतबार साझँको घटनापछि थप सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् । यो घटना लिएर झापाको सुरक्षा व्यवस्थाको विषयमा प्रश्न खडा गर्नु नहुने र शान्ति सुरक्षा कायम गराउन सबैलाई सहयोगका लागि उहाँले अनुरोध पनि गर्नु भएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...