अरुण पूर्वका नौ जिल्लालाई लिम्वुवान स्वायत्त राज्य घोषणा गरिनु पर्ने माग गर्दै मञ्चसम्वद्ध संघीय राज्य परिषदले आज एक दिने भोक हडताल आन्दोलन सञ्चालन गरेको छ । पूर्वमा आन्दोलनरत परिषदले पूर्वका जिल्ला सदरमुकाम र विर्तामोड, दमक, इटहरी, धरान लगायतका मुख्य शहरी क्षेत्रमा १२ घण्टे भोक हडतालको आयोजना गरेको हो । परिषदका कार्यकर्ताहरुले सडकमै त्रिपाल टाँगेर भोक हडतालमा उत्रिएका छन् । परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले एक विज्ञप्ति जारी गरि आफ्नो माग पूरा नभए जेठ १४ पछि लिम्वुवान राज्य घोषणा गरिने चेतावनी दिएका छन् । विज्ञप्तिमा २०६४ फागुन १८ गतेसरकार र परिषदबीच भएको सहमति अविलम्व कार्यान्वयन गर्न माग समेत गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...