नेपाल सरकारले जापानका सुनामी पीडितहरुकालागि ५ हजार थान कम्बल सहयोग गर्ने


काठमाडौं/नेपाल सरकारले जापानका सुनामी पीडितहरुकालागि पाँच हजार थान कम्बल सहयोग गर्ने भएको छ ।
नेपालको सबैभन्दा बेशी सहयोग गर्दै आएको दात्री राष्ट्र जापानकोलागि सिँहदरबारमा फागुन ३० गते बसेको मन्त्री परिषदको वैठकले सरकारको कोषबाट खर्च हुने गरी सहयोग पठाउने निर्णय गरेको हो ।
शिक्षा मन्त्री तथा सरकारका प्रवत्ता गंगालाल तुलाधरकाअनुसार बैठकले जापानमा गएको शताब्दीकै ठूलो भूकम्प र त्यसपछि आएको सुनामीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएकोप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धारकालागि एक टोली त्यसतर्फ पठाउने निर्णय गरेको छ ।
बैठकले जापानलाई परेको विपत्को घडीमा जापानी सरकार र नागरिकप्रति नेपाल सरकारकातर्फबाट उद्धारमा सघाउन १५ सदस्यीय टोली पठाउने निर्णय गरेको प्रवत्ता तुलाधरले जानकारी दिए । टोलीमा नेपाली सेनाका १० जनपद प्रहरीका तीन र सशस्त्र प्रहरीका दुईजना रहने छन् ।
यसैवीच, बैठकले यही फागुन २६ गते केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका संचार उद्यमी युनुस अन्सारीमाथि गोली प्रहार भएको घटनामा सम्बन्धमा सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न सर्बोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगमा नायब महान्यायधिवक्ता प्रेम कार्की र प्रहरी नायब महानिरीक्षक कुवेरसिँह राना मगर सदस्य रहेका छन् । आयोगले एक महिना भित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...