८ मार्च इतिहास र नेपाली महिला


तारा आचार्य 
अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको १ सय वर्ष पूरा भएको छ । एक सय वर्ष देखि महिलाहरुले आºनो हक र अधिकारका लागि लड्दै आएका छन् । एक सय वर्ष अगाडि पनि महिलाहरु कति सक्षम रहेछन् भन्ने कुरा त्यति बेलाको आन्दोलनले पुष्टि गर्दछ । उनीहरुलाई दमन र शोषण गर्ने प्रवृत्तिका विरुद्ध एक भएर सडकमा उत्रिएका महिलाहरुले समान कामका लागि समान ज्याला माग गर्दै आन्दोलन गरेका थिए । आन्दोलित महिलाहरुको आवाजलाई संयुक्त राष्ट्र संघले ८ मार्चका दिन घोषणा गरेकाले सोही दिन देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने चलन शुरु भएको हो ।
  विश्वभरी नै एकै साथ मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाईन्छ । इतिहासलाई पल्टाएर हेर्दा पनि महिलाहरु माथि भएको अत्याचारको ज्वालाले नै महिलाहरु अधिकार खोज्दै संघर्ष गरेको देखिन्छ । महिलाहरुले सन् १९५७ मा पहिलो पटक अमेरिकाको न्यूयोर्क स्थित सिकागो शहर देखि आन्दोलनको शुरुवात गरेका थिए । त्यसैको फलस्वरुप आज महिलाहरुले लडेर केही अधिकारहरु हासिल गरिसकेका छन् । त्यतिबेला पनि श्रमिक महिलाहरुले आफु माथि भएको दमन सहन नसकी कारखानामा काम गर्र्दा महिलालाई शोषण र अमानविय व्यवहार गर्न नहुने, शिशु स्याहारको व्यवस्था हुनुपर्ने र पुरुष सरह ज्याला पाउनु पर्ने माग राखेर आन्दोलन गरेका थिए । महिलाहरुले आफ्नो अधिकार प्राप्तिका लागि समान कामका लागि समान ज्याला भन्दै विभिन्न १० देशका महिलाहरुले लडेको हक अधिकारको लडाईलाई २० वर्ष पछि सन् १९७५ मा संयुक्त राष्ट्र संघले मान्यता प्रदान गरेर अन्तर्राष्ट्रिय नारी वर्ष घोषणा ग¥यो । 
    यसरी २० वर्ष सम्म लामो लडाईले महिलाहरुको मुहारमा केही उज्यालो झल्कियो, अनि आºनो हक र अधिकार प्राप्त गर्नका लागि महिलाहरु एक जुट हुन थालेका हुन् । हरेक पक्षमा महिलाहरु एक हुने हो भने महिलाहरु पनि पुरुष भन्दा कम हुदैनन् । समाजमा केही गर्न सक्ने क्षमता भएका छन् महिलाहरु । जसरी १ सय १ वर्ष देखि महिलाहरु सचेत भएर आºनो लडाई लडेका छन्, त्यसरी नै महिला र पुरुष बीच समानता हुनुपर्छ भन्ने नाराका साथ महिलाहरुले अझ सम्म पनि संघर्ष गरिरहेका छन् । 
  अधिकार मागेर होइन, लडेर लिनुपर्छ भन्ने धारणा राखेर महिलाहरुले आफुलाई कमजोर नठानी कमजोर महसुस नगरी अगाडि बढ्नुपर्छ । आज सम्म आईपुग्दा मताधिकारको निम्ति पनि लडेर नै अधिकार प्राप्त गरेका छन् महिलाहरुले । महिलाहरुले हरेक पक्षमा आन्दोलन गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । पुरुष र महिला बीचको विभेद अझ पनि कायम छ । सयौं वर्षको आन्दोलनले धेरै परिवर्तन त ल्यायो, तर पनि विभेदको अन्त्य भने अझ सम्म हुन सकेको छैन । नारी दिवस मनाएर मात्र होइन विभेदको अन्त्य गरेर महिलाको सम्मान गर्न सबैले सिक्नुपर्छ, अनि मात्र नारी दिवसको सार्थकता रहन्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...