यौनशोषणको उजुरी दिंदा बालिका बिस्थापित


प्रभोलनमा पारि अश्लिल भिडियोसमेत देखाएर आफुलाई यौन शोषण गरेको उजुरी दिएपछि भूमेस्थान गाविसकी १४ बर्षीया किशोरी गाउँबाटै बिस्थतापित हुनुपरेको छ ।
पीडकपक्षले पटकपटक मुद्दा फिर्ता नलिए जे पनि गर्नसक्ने भन्दै धम्की दिएका कारण पीडित बालिका विस्थापित भएकाले जिल्लामा क्रियाशील महिला मानवअधिकार रक्षकहरूले उद्धार गरी सुरक्षित स्थानमा राखेको महिला मानवअधिकारकर्मी राधिका सापकोटाले जानकारी दिनुभयो ।
पीडित विस्थापित भएका कारण कक्षा सातको अन्तिम परीक्षासमेत दिन पाएकी छैनन् । दुई अभियुक्त प्रहरी नियन्त्रणमा भए पनि उनीहरूको सञ्जालले पीडित बालिकाको घरमा गएर धम्की दिएको र गाउँभरि हल्ला गरेर बेइज्जत गरिदिन्छौँ भन्दै तत्काल नमिले आफूहरूले ठूला मानिसलाई भनेर मुद्दा फिर्ता गर्नसक्ने चेतावनी दिइररहेको पीडितको परिवारले जनाएको छ ।
भारत मोतीहरी मलाइधाम मलाइवेडरुवा निवासी ४३ वषर्ीय विनोद गुप्ता र रौतहट निवासी धादिङको थाक्रे गाविस वडा नं ३ महादेवबेसीमा पसल गरी बस्ने शेख अल्यासले पटकपटक बालिकाको नाङ्गो तस्बिर बनाएर गाउँभरि वितरण गरेको, पटकपटक यौन शोषण गरेको र बिक्री गर्न खोजेको भन्ने पीडितको जाहेरीको आधारमा प्रहरीले पीडकहरूलाई गिरˆतार गरेको जनाइएको छ ।
ती बालिकालाई मोबाइल, पैसा जति चाहिए पनि दिने भनी ललाइफकाई गरेर यौन शोषण गरेको तथा उनीहरूले भनेको ठाउँमा भनेको मान्छेसँग यौन सम्पर्क गर्न नमानेपछि फोटोलाई एनिमेसन गरेर गाउँभरिका मानिसको मोबाइलमा पठाएको पीडित बालिकाले बताइन् ।
रासस

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...