एकैरातमा पाँच पसलमा चोरी


झापाको सतासीधाम गाविसअन्तरगत दुधेमा एकैरात पाँच पसलबाट करिव पाँच लाख रुपैयाँ बराबारको धनमाल चोरी भएको छ ।
दुधेका शिवशक्ति विजुली भण्डार, सुरेश शाहको किराना पसल, सागर सुव्वाको मोवाईल पसल, हार्डवेयर लगायतका पसलका सटरको चावी फुटाएर ती सामान चोरिएको हो । चोरले राति करिव १ बजेतिर आफ्नो पसलको चावी फुटाएर नगद एक लाखसहित मोवाइलका सामान चोरेको पिडित सागर सुव्वाले बताए ।
पटकपटक सो क्षेत्रमा यस्ता चोरीका घटना दोहोरिने गरेको भन्दै स्थानीय व्यापारीहरुले रात्री सुरक्षा गस्ती सक्रिय बनाउन प्रशासनसमक्ष माग गरेका छन् । उनीहरुले स्थानीय बजार विकास समितिले बजार सुरक्षामा ध्यान नदिएको भन्दै राजिनामा दिनुपर्ने तर्क गरेका छन् ।
यसैबीच दमक चौक र बजार क्षेत्रमा समेत दुले चोरको विगविगी बढेको स्थानीयवासी तथा व्यापारीहरुले बताएका छन् । दिनदहाडै दमक चोकबाट एकैछिनमा आफ्नो साइकल चोरिएको पिडित सञ्चारकर्मी विष्णु पौडेलले बताए ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...