झललनाथ खनाललाई प्रधानमन्त्री बनाउन माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सहमति जनाएपछि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले संसदमा आक्रोस संसदमा पोखेका छन् । निकै आक्रोसित मुद्रामा आफ्नो उम्मेदवारी पेश गर्न बिहीप्बार रोष्टममा पुगेका पौडेलले एमाले अध्यक्ष झलनाथ खनालको नामै नलिई सम्पुर्ण दोषको जिम्मेवार उनी नै भएको बताए ।
सहमतिका नाममा खनालले आफ्नो दुनो सोझ्याएको भन्दै उनले सहमति शव्द नेपालको राजनीतिमा अभिसाप सावित भएको बताए । उनले भने-’नेपालको राजनीतिमा सहमति शव्द सवैभन्दा बेइजति शव्द भएको छ । सहमतिका नाममा आफ्नो दुनो सोझ्याउने काम भयो ।’ सहमतिका कुरा गरेर खनालले धोका दिएको भन्दै उहाँले भन्नुभयो-’यति लामो समयसम्म शान्ति र संविधानका लागि सहमतिय सरकार नभै हुँदै हुँदैन भने जुन सहमतिको कुरा नेपाली आकासमा गुन्जियो । यो ठुलो धोका भयो ।’
पौडेलले माओवादी र एमालेको गठवन्धन बन्नु नाटकिय भएको भन्दै नाटकिय रुपमा बन्ने र भत्कने गठवन्धनले सहमति प्रतिविम्वित नगर्ने बताउनु भयो । शान्ति र संविधानको बाधक कांग्रेस नभएको भन्दै उहाँले षयन्त्रकारी र दोषि को हो भनेर अब जनताले खोज्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’शान्ति र संविधान कांग्रेसका कारण नबनेको होइन । कांग्रेसले अबरोध गर्ने कुनै पनि प्रस्ताव राखेको छैन । त्यसैले सबैलाई एउटै नाङ्लोमा मुछ्नु हुँदैन । अब जनताले को दोषि हो भनेर प्रष्ट हुनुपर्छ ।’
भण्डारखाल पर्वदेखि नेपाली राजनीतिमा षड्यन्त्र हुँदै आएको भन्दै पौडेलले झलनाललाई प्रधानमन्त्री बनाउने सहमतिलाई पनि षयन्त्रको श्रृखलाको संज्ञा दिनुभयो । खनालविरुद्ध निकै आक्रोसित रुपमा प्रस्तुत भएका पौडेलले एक पटक पनि खनालको नाम भने लिएनन् । उनले खनालप्रति आक्रोस व्यक्त गरिरहँदा ड्यासमा रहेका खनाल र अन्य सभासदहरुमा भने पटक पटक हाँसोको फोहोरा छाएको थियो । @ onlinekhabar


haa ha ha 17 palta pm ko exam fail bhako maanche..............
ReplyDelete