
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काङ्ग्रेसको गलत निर्णयको कारण प्रधानमन्त्रीको निर्वाचनमा हार बेहोर्नु परेको बताउनु भएको छ । पाल्पाको तानसेनमा बुधबार विहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देउवाले संसदीय दलका नेता रामचन्द्र पौडेललाई चुनावमा उठाउँदा प्रधानमन्त्रीको पद गुमेको टिप्पणी गर्नुभएको हो ।
‘१६-१६ पटकसम्म चुनाव हारेको मान्छेलाई प्रधानमन्त्रीमा नउठाउँ भनेर केन्द्रीय समितिमा भनेपनि संस्थापन पक्षले वेवास्ता गरेको काङ्ग्रेसले नेतृत्व गुमायो,’ नेता देउवाले भन्नुभयो । माओवादी र एमालेबाट आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव आएको दावी गर्दै उहाँले आफू प्रधानमन्त्रीमा उठेको भए जित्न सक्ने दावी पनि गर्नुभयो ।
नेता देउवाले एमाले-माओवादी गठबन्धन सरकारको गुण र दोषको आधारमा समर्थन गर्ने बताउनु भयो । ‘गुण र दोषको आधारमा नै यो सरकारको समर्थन गर्ने पार्टी निर्णय भएकोले सो अनुसार नै काङ्ग्रेस अगाडी बढ्छ,’ उहाँले स्पष्ट पार्नुभयो ।
नेता देउवाले ब्यवस्थापिका संसद र संविधानसभा अलग अलग विषय भएकोले संविधान र शान्ति प्रक्रियासँग सरकारको कूनै भूमिका नहुने उल्लेख गर्नुभयो । @ onlinekhabar

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...