नेपाल टेलिकमको सेवामा छुट


 नेपाल दूरसञ्चार कम्पनीले सातौँ वाषिर्कोत्सवका अवसरमा आफ्ना विभिन्न सेवामा छुटको घोषणा गरेको छ ।
जनअनुसार फागुन १ गतेदेखि लागु हुनेगरी आधारभूत टेलिफोन पिएसटिएन सेवाको नयाँ जडान धरौटीमा हालको रकम तीनहजार घटाई रु एक हजार ५०० कायम गरेको छ । सो सेवाको नयाँ जडान खर्च ९०० लाई करबाहेक ३२० कायम गरेको छ ।
मोबाइलमा एमएमएस सेवा करबाहेक डेढ रुपैँया, भिडियो कल रु २ र एक्सेस कोडमार्फत दिइने सेवामा पनि देश अनुसार विभिन्न छुटको व्यवस्था गरेको छ । जिएसएम र सिडिएमए मोबाइल सेवामा राति १० बजेदेखि बिहान ६ बजेसम्म कायम भइआएको महसुल दर ७५ पैसालाई फागुन १ गतेदेखि ५५ पैसा कार्यम गरिएको छ ।
यही माघ २२ देखि २४ सम्म लागुहुने गरी जिएसएम सेवाको रु १०० र रु २०० का रिचार्ज कार्डमा क्रमशः रु १० र २० तथा सिडिएमएक सेवाको २०४ दरको रिचार्ज कार्डमा रु २० बराबर छुट दिइने सातौँ वाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा जानकारी दिइयो । एडिएएसएल सेवामा हालको शुल्क कायम गरी क्षमता विस्तार गरेको दूरसञ्चार कम्पनीले जनाएको छ । रासस

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...