झापा – झापाको एक औषधि पसलबाट एक जना अधवैशेले पत्नीको अन्दाजी डेढ हप्ताको गर्भ गर्भपतनका लागि औषधि मागे । पसलेले खाने विधिवारे सम्झाउदै औषधि व्यवसायी व्यवस्थापन समितिले निर्धारण गरेको मुल्यमा औषधि दिए । गर्भपतनका लागि लगिएको मध्ये दोस्रो औषधिको प्रयोग गरेको ६ घण्टा नबित्दै ती महिलालाई रक्तश्राव भयोे । पसलेले औषधिको सेवनपछि रक्तश्राव हुने तर आत्तिनु नपर्ने भनेर सुझाएका थिए । तर कुरा अर्कै भइदियो । लामो समयसम्म पनि ती महिलाको रक्तश्राव राकिएन र अन्ततः अस्पताल पुर्याउन नपाउदै मृत्यु भयो ।
कुनै चलचित्रको दृश्य जस्तो लाग्ने यो घटनाको दोषि को ? औषधि लैजाने व्यक्ति वा सेवन गर्ने महिला ? बिक्रेता अथवा गर्भको परीक्ष्ँणै नगरी औषधि बेचबिखन गर्न अनुमति दिने निकायहरु ?
‘गर्भको अवधि पत्ता लगाउन सक्ने क्षमता नभएकाहरुलाई औषधि विक्रीको इजाजत दिइएको छ’, मेची अन्चल अस्पतालका एक जना चिकित्सक भन्छन्‘,जसका कारणले गर्भपतनमा जटिल समस्या पैदा भइरहेको छ ।’ विक्रेताहरु गर्भपतनबाट आएका समस्याहरुलाई समाधान गर्न पनि आफुलाई दक्ष्ँ ठान्दैनन तर उनीहरुलार्ई चिकित्सकको अनुमति वा प्रिस्किप्सन बिना नै गर्भपतनको औषधि खुलारुपमा विक्रीको अनुमति दिइएको छ । ‘यसले भारतीय बजारबाट अबैध तरिकाले भित्रिने गर्भपतनका औषधिहरुलाई नियन्त्रण त गरेको देखिन्छ’, ती चिकित्सकले भने,‘तर, जटिलता भने थपिएको थपियै जान्छ ।’
झापाको सुरुङ्गामा हालै घटित एउटा घटनाले औषधिको प्रभावकारिता र विक्रीको इजाजत पाएका पसलेको दक्षतामाथि थप प्रश्न चिन्ह उठाउ“छ । सुरुङ्गाको प्राथमिक स्वास्थ्य केन्द्रबाट एक गर्भवतीले आठ हप्ताको गर्भ पतनका लागि सुचिकृत चिकित्सककोे परामर्शपछि औषधिद्धारा गरिने गर्भपतन सेवा लिईन् । चिकित्सकले दिएको सल्लाह बमोजिम नै उनले ओषधिहरु सेवन गरिन् । औषधिद्धारा गरिने गर्भपतनको १४ दिनपछि गर्नु पर्ने अनिवार्य पुनः परीक्षणको लागि पनि उनी स्वास्थ्य संस्था धाइन् तर विडम्वना उनको गर्भ पतन हुन सकेन । त्यसबेला उनको पाठेघरको आकारको राम्रो परीक्षण हुन सकेनछ । करिब २ महिनापछि उनको पेट बढ्दै गयो पुनः परीक्षण गर्दा उनको गर्भ १८ हप्ता नाघिसकेको थियो । ‘गर्भलाई निरन्तरता दिउ भने नचाहिएको गर्भ, त्यसमा पनि औषधि खाईसकेको र नराखौ भने कानुनले छुट दिएको छैन,’ सीता शर्मा ( नाम परिवर्तनं) ले गुनासो गरिन् ।
बिगत २ बर्षदेखि मेची अंञ्चल अस्पतालमा गर्भपतन सेवा दिइरहेका मेडिकल अधिकृत डा. बालकृष्ण साहका अनुसार, औषधिहरुद्धारा गरिने गर्भपतनको सबभन्दा महत्वपुर्ण पक्ष गर्भको अवधि वा आकारको सही मापन् हो । करिब २० महिनादेखि औषघिद्धारा गरिने गर्भपतन सेवामा संलग्न डा.साह भन्छन्,‘ गर्भको अवधि वा आकारको सही मापन् वेगर यस्तो औषधिको सेवनले खतरा पनि हुन सक्छ ।’
‘मेडिकल एर्बोसन’ का लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्स रे (अल्ट्रासाउण्ड) गर्नु पर्ने अन्तर्राष्ट्रिय मान्यता छ । डा. साहका अनुसार मेडिकल एर्बोसनका लागि अर्को महत्वपुर्ण पक्ष भनेको गर्भ पुर्णरुपले भयो वा भएन, परीक्षण गर्नु पनि हो । ‘समान्यतया औषधिको सेवन गरिसकेपछि रक्तश्राव सबैलाई हुन्छ’, साहले भने,‘तर रक्तश्राव हुदैमा पुर्णरुपमा गर्भपतन भयो भनेर ढुक्क हुने अवस्था भने छैन ।’
नेपालमा भ्यानुल भ्याकुम एस्पिरेशन (एमभीए.) अर्थात प्लाष्टिकमा क्यालुनाद्धारा खाली पारिएको सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवा संगसंगै एमए. अर्थात औषधिद्धारा गरिने गर्भपतन सेवा संचालनमा आएको छ । विश्व बजारमा केही बर्ष अघिदेखि नै यी औषधिहरु गर्भपतनको लागि प्रयोग गरिदै आएका हुन । नेपालमा पनि आईपास, पीएसआई. नेपाल, परिवार महाशाखा लगायतका संस्थाले यो सेवा संचालन गरेका छन् । झापालगायत देशका ६ जिल्लामा गरेको सफल परीक्षणपछि सेवा प्रभावकारी भएको ठहर गर्दै संचालनमा ल्याइएको हो । यो औषधि मुखबाट शेवन गरेको २४ देखि ४८ घण्टा सम्ममा योनिमार्गमा वा जिब्रोमुनि राखिन्छ । कुनै प्राबिधिक जटिलता विना सहज रुपमा घरमै वसिवसि पनि यसको प्रयोग गर्न सकिन्छ ।
चिकित्सकहरुले ८० देखि ९० प्रतिशतसम्म यो औषधि प्रभावकारी भएको दावी गर्दै आएका छन् । औषधीहरुको प्रयोगले ९ हप्ता अर्थात ६३ दिन सम्मको गर्भ पतन गराउन सकिन्छ । नेपालका सुचिकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधि करिब ९८ प्रतिशत प्रभावकारी भएको साबित भइसकेको छ । त्यसैले गाउ“–गाउ“सम्म सेवा बिस्तार गर्ने सरकारको लक्ष्य रहेको देखिन्छ ।
पर्वत पोर्तेलको रिपोर्ट ईकान्तिपुरबाट


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...