नेपालमा दश लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको नेपाल पर्यटन वर्ष–२०११ को अवसर पारेर यतिखेर देशका विभिन्न भागमा पर्यटनसम्बन्धी गतिविधि बढेका छन् । पश्चिमका गाउँमा पर्यटनसम्बन्धी जागरण आइसकेको छ । त्यताका गाउँलेलाई आफ्नो गाउँमा पर्यटकको स्वागत गर्न र सम्हाल्न भ्याइ– नभ्याइ भएको कुरा छापाहरुमा आइरहेका छन् । सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर नेपाललाई पर्यटन गन्तव्य बनाउने दिशामा सकारात्मक सोँंच र पहलकदमी गरेको छ । तर, हतारको तयारीले गर्दा भनेजस्तो उपलब्धी हासिल हुने नदेखिए पनि पर्यटन वर्षको घोषणाले आम नेपाली जनतामा पर्यटनसम्बन्धी चेतनाको विस्तार भने हुन पुगेको छ । यो चेतनाले आगामी दिनमा नेपालको पर्यटन विकासमा अपेक्षित परिवर्तन र उपलब्धी लिन सकिन्छ । यसरी नै पर्यटनको विस्तार भए देशको आर्थिक समुन्नतिलाई बढावा मिल्नेछ ।
पर्यटनसम्बन्धी देशव्यापी लहरबाट धरान पनि अछूतो छैन । धरान नगरपालिकाले आफ्नो स्थापनाको ५० औं वर्ष पुगेको उपलक्ष्यलाई पर्यटन वर्षसँग जोडेर विभिन्न कार्यक्रम तय गरेको छ । नगरपालिका स्थापनाको स्वर्ण महोत्सव आयोजनासहित कला, संस्कृति, विकास– निर्माण, खेलकुदलगायत यहाँका विशेषताहरुलाई प्रचार गर्ने भन्दै स्वर्ण महोत्सव आयोजना गरिएको छ । धरानमा कसरी बढीभन्दा बढी पर्यटक भिœयाउने भन्ने चिन्तन र चिन्ता छ । धरान र यहाँका वासिन्दाको गर्वलाई कसरी उँचो बनाउने भन्ने ध्याउन्न सबैलाई लागेको छ । यो जागरण धरानको चौतर्फी विकासका लागि फलदायी हुनसक्छ । तर, महोत्सव तथा पर्यटन वर्षको स्वागतको नाममा नगरपालिकाले खर्च गरेअनुसार उपलब्धीमूलक काम होला त ? यो पनि टड्कारो प्रश्न हो ।
दीर्घकालीन सोंच र योजनाविना नै गरिएको कामले अन्त्यमा उपलब्धी कम, व्ययभार ज्यादा हुने हुँदा स्वर्ण महोत्सवको आयोजना र पर्यटन वर्षको स्वागतको तयारी गरिरहेको नगर पालिकाले मुख्यरुपमा यस दिशामा सोच्नु आवश्यक छ । कार्यक्रमहरु तय गर्दा पनि परिणाममुखी र उपलब्धीमूलक हुन सकोस् भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ । एक माघले जाडो जादैन भनेभैmं पर्यटनको विकासका लागि यो वर्षको तामझामले मात्र यहाँको पर्यटन विकास हुन सक्दैन । त्यसको लागि समयमै दीर्घकालीन सोच र योजना बनाउनेतर्पm ध्यान दिनुपर्छ । यहाँको भित्री र बाहिरी पर्यटकीय स्थलको विकास गर्न सकिएन भने धरान स्वर्ण महोत्सव जतिसुकै भव्यरुपले
गरिए पनि पर्यटन प्रवद्र्धनको आशा गर्नु कोरा कल्पना मात्र हुनेछ । त्यसैले, स्वर्ण महोत्सवका कार्यक्रमहरु तय गर्दा धरान नगरपालिकाले यो महोत्सव पर्यटनको पूर्वाधार होस् भन्नेतर्पm ध्यान केन्द्रित गर्नु आवश्यक छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...