सुकुम्बासी र प्रहरीबिच झडप


इनरुवामा निषेधित क्षेत्र घोषणा

धनबहादुर पुरी

तरहरा/ सुकुम्बासी र प्रहरीबीच आइतबार दिउँसो इनरुवामा झडप भएको छ । यस क्रममा प्रहरीले १२ सेल अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो । झडपका क्रममा २० जना सुकुम्बासी तथा ७ प्रहरी घाइते भएका छन् ।
 इनरुवामा सुकुम्बासी र प्रहरीबिच झडप : Image Coutesy Blast Times
जिल्ला मालपोत र सुकुम्बासी आयोगको कार्यालयमा पुगेका सुनसरीका सुकुम्बासीले ती कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोक्ने क्रममा झडप भएको हो । बसोवासका आधारमा आपूmहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनुपर्ने माग गर्दै उनीहरू ३१ वटा बसमा इनरुवा पुगेका थिए ।
झडपमा धरान–१४ बाबाधाम मार्गका ५७ वर्षीय रामबहादुर बस्नेतको पेटमा प्लाष्टिकको गोलीले २ इञ्च घाउ बनाएको नेपाल बसोबास बस्ती संरक्षण समाजले जनाएको छ । यस्तै धरान–१५ खोरिया बस्तीका १३ वर्षीय विक्की लिम्बूको चिउँडोमा तीन टाँका लगाउनु परेको र उनको छातीमा समेत घाउ भएको बताइएको छ । हाल उनीहरूको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
झडपमा घाइते भएका प्रदर्शनकारीलाई उनीहरूकै सहयोगीले लिएर गएका थिए । ६ जना प्रदर्शनकारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको एसपी भूपाल भण्डारीले जनाए । तर, प्रदर्शनको नेतृत्व गरेको बसोबास बस्ती संरक्षण समाजले भने १२ जनालाई प्रहरीले पक्राउ गरेको दावी गरेको छ ।
महिलाहरू उल्लेख्य मात्रामा सहभागी भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्न थालेपछि दोहोरो ढुङ्गा हानाहान भएको थियो । झडपपछि प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।
प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै सुकुम्बासीहरूले पूर्वपश्चिम राजमार्गमा बाँस र विद्युत् पोलहरू ठड्याउँदा यातायात सञ्चालनमा समेत आघा घण्टा अवरोध भएको थियो ।
स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले अर्काे आदेश नहुञ्जेलसम्मका लागि इनरुवाका केही क्षेत्रलाई प्रदर्शनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला मालपोत, सुकुम्बासी आयोग, नापी र इनरुवा नगरपालिका कार्यालयवरपर दुईसय मिटर क्षेत्रमा प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जनाएका छन् ।
बसोबास बस्ती संरक्षण समाजले आÏना माग पूरा नभएकाले जिल्लाका सबै नगरपालिकाको वडा कार्यालय र गाविसमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएको छ । समाजले पक्राउ परेकाहरूलाई नछाडेसम्म सुनसरीमा अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणासमेत गरेको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...