तीन महिनादेखि युवती बेपत्ता


बेलबारी/ वैदेशिक रोजगारीको लागि कुवेत गएकी मोरङको मधुमल्लाकी २७ वर्षीया उर्मिला विक तीन महिनादेखि वेपत्ता छिन् ।
मोरङको बेलबारी–२ स्थित आफ्नी दिदीको घरमा बस्दै आएकी उर्मिला गत वर्षको कात्तिक महिनामा मोरङकै शनिश्चरेकी तारा मोक्तानमार्फत् विदेश गएकी थिइन् । श्रीमान्सँग अलग बस्दै आएकी उनी चार वर्षकी छोरीलाई दिदीको जिम्मा लगाएर विदेश गएकी थिइन् । उनले दुईपटक गरेर ६० हजार रुपैयाँ घरमा पठाइन् तर काम गरेको घरमा शारीरिक यातना दिएपछि उनी त्यहाँ बस्न नसकेको दिदी शर्मिलाले बताइन् । 
यातनाकै कारण गत कात्तिक महिनादेखि आफू नेपाली दूतावासमा शरण लिन पुगेको उर्मिलाले दिदीलाई जानकारी गराएकी थिइन् । यातनाका कारण काम गर्न नसक्ने अवस्थामा पुगेकी उनले चाँडै नेपाल झिकाउन दिदीलाई अनुनय गरेकी थिइन् । 
त्यसपछि उर्मिला सम्पर्कविहीन भएपछि दिदी शर्मिलाले बेलबारी इलाका प्रहरी कार्यालयमा एजेन्टविरुद्ध उजुरी दिएकी छन् । उनले बहिनीलाई स्वदेश फर्काइदिन विभिन्न संघ–संस्थालाई अनुरोध गरेका छन् । उर्मिलालाई तारा मोक्तानले दिल्लीमा बस्दै आएका दिलिप क्षेत्रीमार्फत् अवैधरुपमा विदेश पठाएको शर्मिलाको भनाइ छ ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...