झापामा लागुपदार्थ दुर्ब्यसनीहरु पूनर्स्थपना (रिह्याव्स) पश्चात पनि पुःन लागु पदार्थ लिने गरेको तथ्याङ्कले देखाएको छ ।
लागुपदार्थ दुर्ब्यसनको क्षेत्रमा कार्यरत ह्यप्पी नेपालका अनुसार झापाका अधिकाँश प्रयोगकर्ताहरुले पुनर्स्थापना केन्द्रमा उपचारपछि पनि लागुपदार्थ लिने गरेका छन् ।
“उपचार प्रभावकारी भएपनि घर र परिवारबाट उचित रुपमा सम्मान नपाउँदा समेत यो क्रम बढेको छ”, संस्थाका काउन्सीलर कुमार गुरुङले भने- “यो रिहाव्सको उमेर समुह २० देखि २९ बर्षसम्मको छ ।” उनका अनुसार पहिले पुनस्थापना केन्द्रमा उपचार गराएका युवाहरु पुनः प्रयोग गर्नेहरुको संख्या बढि छ ।
सो पुनस्थापना केन्द्रमा सन् २००३ देखि २०१० सम्म भर्ना भएका मध्ये ८९ प्रतिशत पुराना रिहाव्सहरु रहेका छन् । उपचार गराउन आउने युवाहरुमध्ये ५० प्रतिशत भन्दा बढि विवाहित छन् । गुरुङले भने- “वैवाहिक जीवनबाट असन्तुष्ट हुनेरु र प्रेममा बिछोड भएकाहरु धेरै छन् ।” संस्थाका अनुसार धेरै युवाहरुले सिरिन्जको प्रयोगबाट लागुपदार्थ लिने गरेका छन् । तथ्याङ्क अनुसार उपचारमा आएका मध्ये ७७ प्रतिशत युवाहरुले सिरीन्जको प्रयोगबाट लागुपदार्थ लिने गरेका छन् । “सरल र सहज पहुँच हुने भएका कारण सिरीञ्जबाट लागू पदार्थ लिनेको संख्या बढेको हो”, संस्थाका कार्यक्रम संयोजक प्रदीप पाठकले भने- “अधिकाँश युवाहरुले डेन्ड्राइडको प्रयोगसमेत गर्ने गरेका छन् ।” लागुपदार्थ बिशेष गरी आदिबासी तथा जनजाति युवाहरुले लिने तथ्याङ्कमा उल्लेख छ ।
शरणार्थी बालबालिकाहरुमा समेत यो क्रम बढेको उनले बताए । “शिविरमा अधिकाँश युवाहरुले सुँध्ने गरेका छन्”, उनले भने- “धेरैले सहज रुपमा पाइने गरेको डेन्ड्राइटको प्रयोग गर्ने गरेका छन् ।” त्यो संख्या बालबालिकाको बढी रहेको संस्थाले जनाएको छ । ह्याप्पी नेपालले अहिले शरणार्थी युवाहरुका लागि पुनस्थापनाको काम समेत गर्दै आएको छ । शिविरमा युवाहरुमा सजिलै उपलब्ध हुने रक्सीले समेत अन्य नशाको लत गाग्ने गुरुङको भनाई छ ।
दातृ निकायको अभावमा दमकमा रहेका अन्य २ पुनस्थापना केन्द्र समेत बन्द भएका छन भने बिर्तामोड, धुलाबारी र दमकमा ४ वटा पुनस्थापना केन्द्र सञ्चालनमा रहेका छन् । @ Purbeli Times

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...