न्यूयोर्कको एक अदालतले कैदी पीटर सलोमनलाई जेलका अधिकारीविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ । मुसा जस्तै देखिने जीवले आफ्नो गुप्ताङ्गमा टोकेपछि पीटर अदालत गएका हुन् ।
उनको आरोप छ कि आफ्नो रंग कालो भएकाले जेलका अधिकारीहरुले भेदभाव गरेका छन् र आफुलाई मुसाको विगविगी भएको स्थानमा राखिएको छ ।
जेलका कानुन व्यवसायीहरुले भने पीटरलाई गम्भीर चोट नलागेको दावी गरे । लामो बहसपछि न्यायाधीश आर्थर स्पाटले पीटरको मुद्दालाई अघि बढाउन सकिने फैसला सुनाएका छन् । उनले आफ्नो फैसलामा विवादका बारेमा लेखेका छन्,’दुबै पक्षबीच विवाद भनेको पीटरलाई टोक्ने जीव मुसा थियो वा थिएन । पीटरलाई टोकेको थियो वा नङग्राले मात्र चिथोरेको थियो र चोट कति गम्भीर थियो ।’
भियतनाम युद्धमा संलग्न पीटरलाई श्रीमतिमाथि हिंसा गरेको आरोपमा पक्राउ गरिएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...