बन्दले पूर्वको जनजीवन ठप्प


अमर खडका, इटहरी, माघ - तीन साताअघि झापा हडियामा भएको दुर्घटनाका दोषी बस चालकलाई प्रहरीले पक्राउ गरेको बिरोधमा यातायात व्यवसायी तथा मजदुर संगठनले आज मंगलबार कोशी र मेची बन्दको आह्वान गरेका छन्। बन्दले कोशीपूर्वको जनजीवन प्रभावति भएको छ। इटहरीमा बस तोडफोड गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बा ४ ख ६८४ नम्बरको बस तोडफोड गर्दा प्रहरीले मजदुर नेता दिनेश प्रधान, बिष्णु खत्री, भक्त लामा, कृष्ण राउँत र सुरज तामाङ्लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। मजदुर नेता पक्राउ गरेपछि इटहरीमा मजदुरले प्रहरीविरुद्ध नाराबाजी गरेका छन्। कुनै अप्रिय घटना नहोस् भनेर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।

पुस-१६ गते बा १ ख ९७१७ नम्बरको बसले हडिया बुधबारेका दुर्गाप्रसाद पोखरेललाई ठक्कर दिदाँ मृत्यु भएको बिषयमा व्यवसायी बिराटनगरका रेमश निरौलालाई नियन्त्रणमा लिएको र चालक गोपाल तामाङ्लाई प्ररहीले जेल पठाउने धम्की दिएको भन्दै आह्वान गरिएको बन्दले मुख्य तथा सहायक राजमार्गमा यातायातका साधन ठप्प छन्। यातायातका साधन नचल्दा सयौं सर्वसाधारण यात्रु बाटैमा अलपत्र परेका छन्। 

मेची र कोसी अञ्चलमा अनिश्चितकालीन बन्द आह्वान गरिएका कारण पश्चिम नेपालबाट आएका सयौं सवारीसाधन सुनसरीको इनरुवा पश्चिममा नै रोकिँदा तिनमा सवार हजारौं यात्रु अलपत्र परेका छन्। 

व्यवसायी तथा मजदुरले पीडित पक्षले २० लाख रुपैयाँ क्षतीपूर्ति माग गरेकोमा पाँच लाखभन्दा बढी दिन नसक्ने र व्यवसायी निरौलालाई छाडनुपर्ने मुख्य माग राखेका छन्। व्यवसायी र मजदुर संगठनका प्रतिनिधिले व्यवसायी निरौलालाई दुर्घटनाको क्षतिपूर्तिको बिषयमा वार्ता भइरहेको स्थानबाट झापाका प्रहरी प्रमुख एसपी रविन्द्रप्रसाद शर्माले गैरकानुनी रुपमा नियन्त्रणमा लिएर हिरासतमा राखेर कानुनी राज्यको खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...