ज्यामिरगढी, श्रीकृष्ण प्रणामी मन्दिर ज्यामिरगढीले आफ्नो रजत जयन्तीको अवसरमा अन्तर्राष्ट्रियस्तरको धार्मिक सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी तीब्र पारिएको आयोजक समितिले जनाएको छ ।
फागुन ७ गतेदेखि १३ गतेसम्म संचालन हुने महोत्सवको तयारीका लागि अर्थ संकलनलगायतका गतिविधि जारी रहेको छ । सभामुख सुभाषचन्द नेम्बाङले उद्घाटन गर्ने कार्यक्रमको सफलताका लागि सहयोग पुर्याइदिन आयोजक समितिले झापाबासीमा आग्रह गरेको छ । आयोजक समितिका महासचिव मुरलीधर कोइरालाका अनुसार महोत्सवमा १ सय ८ ब्रम्हमुनिद्वारा १ सय ८ पारायणपाठ, स्थानीय जातजातिका झाँकी, विद्वत गोष्ठीलगायतको प्रस्तुति रहने छन् । महोत्सवमा जगतगुरु श्री १०८ कृष्णमणिजी महाराज, गुरुजी श्री मोहन प्रियाचार्य, आचार्य श्री मोहनानन्दलगायतले प्रवचन दिनेछन् ।
महोत्सवको कुल लागत ५० लाख रहेको महासचिव कोइरालाले जानकारी दिए । महोत्सवबाट संकलित रकम एम्बुलेन्स सेवा, बृद्धाश्रम, मन्दिरको अक्षयकोष र सामाजिक कार्यमा खर्च गरिने उनले बताए ।
समाचार स्रोत जनसंसद राष्ट्रिय दैनिक

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...