पशुपतिनगर/ इलाम नगरपालिकामा प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइए पनि विकल्पमा स्थानीयस्तरमै झोला उत्पादन हुन सकेको छैन ।
झोला उत्पादन हुने उद्योग स्थानीयस्तरमा नहुँदा मोटो रकम भारततर्पm जान थालेको छ । स्वच्छ र हराभरा बनाउने उद्देश्यले २०६७ असोज १५ गते इलाम नगरपालिकालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको थियो । प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएपछि विकल्पमा भारतका विभिन्न सहरबाट झोला आयात गरिँदै आएको छ । व्यापारीहरुले प्लाष्टिक झोलाको विकल्पमा भारतबाट ल्याइएका झोला र कागजका थुङ्गामा उपभोग्य सामग्री बिक्री गर्दै आएका छन् ।
इलाम नगरपालिकामा भारतबाट ल्याइएका कपडाका झोलाहरुको अत्याधिक प्रयोग भइरहेको छ । भारतबाट आयात गरिएका झोलाका कारण ठुलो नेपली मुद्रा दैनिक विदेशिएको छ । प्लाष्टिकको झोलाको विकल्पमा स्थानीयस्तरमा झोला उत्पादन गर्ने उद्योग नहुँदा नेपाली मुद्रा विदेशिएको हो । भारतको सिलिगुडी र दार्जीलिङ सहरबाट कपडाका झोला र थुङ्गा आयात गरिँदै आएको छ । उपभोग्य वस्तुु खरिदमा प्रयोग हुने सानो झोला व्यापारीहरुले भारतमा प्रतिगोटा २ रुपैयाँ ७५ पैसा र ठूलो झोला ४ रुपैयाँमा खरिद गर्ने गरेका छन् । भारतबाट आयात गरिएको सानो झोला ५ रुपैयाँ र ठूलो १० रुपैयाँमा व्यापारीले बिक्री गर्दै आएका छन् ।
भारतबाट आयात गरिएको कपडाका झोला र कागजको थुङ्गा दैनिक एक हजार किलो प्रयोग हुने व्यवसायीको अनुमान छ । प्लाष्टिक झोलामा प्रतिबन्ध लगाइएपछि स्थानीयस्तरमा उद्योग स्थापना गरी झोला र थुङ्गा उत्पादन गरिने भनिए पनि चार महिना बित्दासमेत उद्योग खोलिएको छैन । इलाम नगरपालिकाले कागजका थुङ्गा र झोला उत्पादनका लागि एक उद्यमीलाई २५ हजार रुपैयाँसम्म ऋण प्रदान गर्ने घोषणा गरेको छ । तर, अहिलेसम्म कसैले उद्योग स्थापनाका लागि रकम माग नगरेको इलाम नगरपालिकाका शाखा अधिकृत रामकुमार साहले बताए । कागजको थुङ्गा उत्पादनका लागि लागि इलाम उद्योग वाणिज्य संघले तालिमको व्यवस्था गर्ने निर्णय गरे पनि अहिलेसम्म कुनै व्यक्ति सम्पर्कमा नआएको संघका अध्यक्ष भीष्म वैद्यले बताए । प्रतिबन्ध लगाउनुअघि इलाम नगरपालिकामा दैनिक एक सय किलो प्लाष्टिक खपत हुने गरेको उद्योग वाणिज्य संघले जनाएको छ । प्रतिबन्धपछि झापाको बिर्तामोडबाट आयात गरिने प्लाष्टिकका झोला रोकिएको छ ।
इलाममा प्लाष्टिक झोलाको प्रयोग रोकिएपछि जुटका झोला र कागजका थुङ्गाको प्रयोग बढेको छ । नगरपालिकाले प्लाष्टिकका झोला प्रयोग गर्नेलाई जरिवाना गर्न थालेपछि यसको प्रयोग पूर्णरुपमा रोकिएको छ । नगरपालिकाले प्लाष्टिकको झोला प्रयोग गर्ने व्यक्तिलाई २ सय र पसललाई ५ सय जरिवाना गर्दै आएको छ । प्लाष्टिक प्रतिबन्धपछि नगर भने सफा हुँदै गएको छ । प्लाष्टिकको विकल्पमा कपडाका झोला र कागजका थुङ्गा बनाउने उद्योग स्थापना हँुदा स्थानीयस्तरमा रोजगारीको समेत सिर्जना हुने भए पनि यसमा उद्यमीको आकर्षण बढ्न सकेको छैन ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...