प्रश्रित दम्पत्ति सम्मानित
काँकडभिट्टा – यहा आयोजित एक कार्यक्रमका वीच लेखक मोदनाथ प्रश्रित दम्पत्तिलाई सम्मान गरिएको छ ।
जुही साहित्यिक त्रैमासिक पत्रिकाको पछिल्लो अंक विमोचन कार्यक्रमका अवसरमा शनिवार प्रश्रित दम्पत्ति सम्मानित भएका हुन् । जुहीले यो अंक प्रश्रित पत्नी कविता पौडेल विशेषांक प्रकाशन गरेका छ । प्रँडा अनिरुद्ध तिमिल्सिना, जुहीका सम्पादक चुडामणि रेग्मीलगायतले लेखकद्वयलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । तिमिल्सिनाले जुहीको विशेषांक लोकार्पण गरेका थिए । वद्रीविलास पोखरेलले कृतिको समिक्ष् गरेका थिए । स्थानीय समाजसेवी एवम साहित्यिक व्यक्तित्व कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा तिमिल्सिना, प्राडा कालुराम खम्वु, पत्रकार चन्द्र भण्डारी, लेखक भवानी क्षेत्री, रामचन्द्र उप्रेती, पुण्यप्रसाद खरेललगायतले मन्तव्य व्यक्त गर्दै प्रश्रित दम्पत्तिको साहित्यिक व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।
भलिवल हुने
काँकडभिट्टा – शहरेडागी युवा परिवार धाइजन झापाको आयोजनामा आउदो १६ गतेदेखि पुर्वान्चलस्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शहीद दिवसको अवसरमा आयोजना गरिने प्रतियोगितामा पुर्वान्चलका १६ टोलीले भाग लिने आयोजकले जनाएका छन् । ‘भिजन २०२० राष्ट्रिय गौरव तथा स्वास्थ्य नागरिकका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका प्रचार संयोजक विष्णु रिमालले जानकारी दिए । प्रतियोगिताका विजेता तथा उपविजेतालाई क्रमशः ३१ र १५ हजार प्रदान गरिने जनाइएको छ ।
पर्यटन श्रमिक संघ
काँकडभिट्टा – नेपाली कांग्रेस निकट पर्यटन श्रमिकहरुको आइतवार यहा सम्पन्न भेलाले युवा पर्यटन व्यवसायी उदय श्रेष्ठको अध्यक्षमा नेपाल पर्यटन श्रमिक संघको झापा जिल्लास्तरीय तदर्थ समिति गठन गरेको छ ।
समितिका उपाध्यक्षमा गोपाल खनाल, सचिव विजय सुवेदी र कोषाध्यक्ष्ँ वुद्ध क्षेत्री चयन भएका छन् । भेलाले चन्दा सुव्वा, मोहन तामाङ, हेमराज कार्की र नारायण ढुंगानालाई सदस्यमा चयन गरेको छ ।
नवगठित संघ कांग्रेसको मजदुर संगठन नेपाल यातायात मजदुर संघसंग आवद्ध रहने जनाइएको छ । भेलाले भवानी केरुङ, दुर्गा सापकोटा र शेखर ढकाललाई सल्लाहकारको रुपमा मनोनित गरेको छ ।
आगो लाग्दा ५ लाख क्षति
काँकडभिट्टा – झापाको मेचीनगर ६ स्थित नगरपालिकाले् भाडा लगाएको एक कपडा पसलमा शनिवार मध्यराति आगो लाग्दा करिव ५ लाख वढीको क्ष्ँति भएको छ ।
स्थानीय चन्द्र ओलीले संचालन गरेको कपडा पसलमा अचानक आगो लाग्दा करिव ५ लाख मुल्य वरावरको कपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय का“कडभिट्टाले जनाएको छ । मेचीनगरनगर पालिकाको दमकले स्थानीयको सहयोगमा आगो नियन्त्रण गरेको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...