झापामा मोवाईल सेवा अवरुद्ध


झापामा आज बिहानदेखि मोवाईल सेवा अबरुद्ध भएको छ ।
नेपाल टेलिकमले प्रदान गर्ने नमस्ते मोवाईल आज बिहान ११ बजेबाट अबरुद्ध भएको हो । टेलिकम दमक शाखाका प्रमुख अर्जुन घिमिरेका अनुसार बिर्तामोडमा आज बिहान बिद्युत ट्रान्सर्फमरमा भएको आगलागीका कारण टेलिकमका उपकरणमा क्षति पुग्दा मोवाईल सेवा अबरुद्ध भएको हो । क्षति पुगेको स्थानमा मर्मतका लागि प्राबिधिक टोली पुगिसकेको उहाँले बताउनुभयो ।
टेलिकमको मोवाईल सेवा अवरुद्ध हुँदा अरु समय एडिएसल सेवा पनि अवरुद्ध हुने गरेको थियो तर अहिले भने एडिएसएल सेवा सुचारु भएको छ । 


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...