लुटेरा पक्राउ


काँकडभिट्टा खुकुरी प्रयोग गरी लुटपाट गर्दै गर्दा सोमबार राति दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट नम्बर प्लेट नखुलेको एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । 
झापाको बाहुनडाँगी–५ तेलपानी भन्ने ठाउँमा मेचीनगर–४ का धर्म राई र इलामको जिर्मले–८ का नारद राईलाई जिर्मलेकै हेमन्त तामाङलाई खुकुरी देखाएर ध्द्य ण्ठण् ऋ ढडटद्द नम्बरको मोटरसाइकल लुट्न लाग्दा स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद फागोले बताए । 
लुटेराहरु अन्य आपराधिक गतिविधिमा समेत संलग्न भएको अभिलेख प्रहरीसँग फागोले जानकारी दिए । दुवै अभियुक्तलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...