विद्यालय प्रशासनले आपmनो कमजोरी औँल्याएको झोकमा विराटनगर ६, मुनालपथस्थित विराट कोअपरेटिभ बोर्डिङ स्कुलका शिक्ष्ाक अनिल गच्छदारले बिहीबार आफ्ना सहकर्मीलाई पेस्तोल ताकेर धम्क्याएका छन् ।
उनले विद्यालयभित्रै पेस्तोल निकालेर दुई सहकर्मीलाई ताक्दै प्रहार गर्ने प्रयास गरेका थिए । कक्षा ७ सम्म अंग्रेजी र गणितका शिक्षक गच्छदारले सहकर्मीद्वय शिक्ष्ाक टेकेन्द्र बस्नेत र डिके प्रधानलाई पेस्तोल ताकेका हुन् । त्यस क्रममा शिक्ष्ाकद्वयले पेस्तोले खोसेकाले अपि्रय घटना हुन पाएन । एक अज्ञात व्यक्तिलाई साथमा लिएर विद्यालय पुगेका गच्छदार घटनापछि फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 'विद्यार्थी र अरू शिक्ष्ाक हिँडिसकेका थिए, आन्तरिक परीक्षाको परीक्षाफल निकाल्ने तयारीमा हामी काम गरिरहेका थियांै', बस्नेतले भने, 'गच्छदारले साथमा एक अज्ञात व्यक्तिलाई मोटर साइकलमा लिएर आए र हामी बसेको कोठाको ढोका लगाए अनि एक्कासि पेस्तोल ताके ।'
प्रतिकार गरे मारिदिने भन्दै गच्छदारले पेस्तोल ताकेको उनले बताए । बाहिर रहेकालाई पनि भित्र पसे सिध्याइदिने धम्की दिएको बस्नेतले बताए । 'पेस्तोल खोस्न भ्याएकाले बाँचियो', उनले भने । प्रतिकार गर्दा शिक्ष्ाकद्वय सामान्य घाइते भएका छन् ।
'परीक्षाफल तयार गर्ने क्रममा गच्छदारको विषयको लब्धांक तालिकामा विद्यार्थीको अंक तलमाथि परेको पाइएको थियो', पि्रन्सिपल दीपक नेपालले भने, 'गच्छदारलाई अंक तालिका अर्को बनाउन परीक्षा शाखाले निर्देशन दिँदा उनले पेस्तोल प्रहारको प्रयास गरेका हुन् ।' प्रत्यक्षदर्शी खिला भट्टराईअनुसार बस्नेत र प्रधानले प्रतिकार गरी गच्छेदारको हातबाट पेस्तोल खोसेर बाहिर पmयाँके । विद्यालयकै कर्मचारी रेन्जु तिम्सिनाले उक्त पेस्तोल लिएर स्कुल बाहिर जान खोज्दा गच्छदारले उनलाई लछारपछार गरी पेस्तोल खोसी फरार भए ।


पाठशाला भन्ने सब्दले नै एउटा ज्ञान र मंदिर को अर्थ लाई प्रतिबिम्बित गर्दछ ! तर अब , हाम्रो देशमा यो 'पाठशाला ' भने सब्दको अर्थ बिपरीत हुदै गैरहेको छ! जहा जसलाई जेगर्न मन लागो तेहि गर्दै अहिराहेका छन! शिक्ष्यक सब्द एउटा ज्ञान प्रवाह गर्ने ब्यक्ति जो खुद तेस्ताअनैतिक किर्यकलापमा संगलग्न हुन्छन् भने त्यों पाठशालामा के सिक्छ्न बिध्यार्थीहरुले र के पढ़ाउछन शिक्ष्यक हरुले छि ,घिन लागेर आउछ हाम्रा ती शिक्ष्यक भनौदाहरु देखि येस्ता घटना घटाउने ब्यक्तिहरु चाहे तिनीहरू जो कोही हुन! तेस्ता ब्यक्तिहरु लाई कडा भन्दा कडा सजाये दिनु पर्छ ताकि फेरी पनि येस्ता घटना कहिलेई नघटुन र स्कूल एउटा ज्ञान बाड्ने थालो मात्र बनोस ....!!
ReplyDelete