११ माघ, दुबई । दुबईको अग्लो भवन बुर्ज खालिफामा विश्वकै हालसम्मको उचाइमा इमर हस्पिट्यालिटी समूहले नयाँ रेस्टुराँ खोलेको छ । त्यस भवनको १२२ औँ तल्ला ४२२ मिटरको उचाइमा सर्वसाधारणका लागि खुलेको नयाँ रेस्टुराँ धेरैका लागि आकर्षणको बिन्दु बनेको छ ।
बर्ज खलिफा दुबईमा बनेको विश्वकै अग्लो भवन हो । जसको उचाइ ८८२ मिटर रहेको छ । सोही भवनको विश्वकै अग्लो स्थानमा रहेको रेस्टुराँमा बसेर खाना खाने र दृश्यावलोकन गर्नेको भीड बढेको छ । सो भवनमा खुलेको नयाँ रेस्टुराँमा जान सोझै पुग्ने खालको लिफ्टको व्यवस्था गरिएको छ भने उक्त रेस्टुराँमा एकैसाथ २१० जनाले खान सक्ने व्यवस्था छ ।
दुबईको उचाइमा रहेको सो रेस्टुराँबाट खानाको स्वाद र उचाइबाट दृश्यावलोकन निकै मनमोहक भए पनि उक्त रेस्टुरामा भोजनका लागि खर्चिनुपर्ने रकम भने ठूलै छ । जसमा दिउँसो चिया पिउन करिब एक सय अमेरिकी डलर पर्छ भने रात्रि भोजनका लागि १७६ अमेरिकी डलर पर्ने बताइएको छ । स्रोत : एजेन्सी

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...