सुषमा कार्कीले बदनाम नभै जवानी देखाउने डिसिजन गरेकी छन् । तीनवटा सिनेमामा आइटम डान्स गरेपछि उनले भनिन् 'म आइटम डान्सर होइन, पर्फर हु“ ।
डान्स गर्न हुरुक्क हुने सुषमा कार्कीले भर्खरै शुटिङ सकाइएको सिनेमा मेरो लभस्टोरीमा पनि आइटम डान्स गरेकी छन् । दुइ रात एक दिन लगाएर शुटिङ सकाइएको सो गीतमा डान्स डाइरेक्टर रेनेशा र्राईले उनको जवानी देखिने गरी नचाएकी छन् । सुषमाका ब्वाइफ्रेन्ड पनि भनेर चिनिएका निर्देशक सुदर्शन थापाले निर्देशन गरेको सिनेमाको सो डान्सलाई सुषमाले आइटम होइन भनेर प्रतिवाद पनि गरिन् 'त्यो क्लब डान्स हो, आइटम होइन ।' हिन्दी सिनेमामा दुइवटा आइटम गीत हिट भएपछि नेपाली सिनेमामा पनि त्यसको प्रभाव पर्नु स्वभाविक हो । नेपालकी आइटम डान्सर भनेर परिचय बनाउने पथमा अग्रसर सुषमालाई मुन्नी र शिला मध्ये को बन्न रुचाउने ? भनेर सोध्दा सुषमा आफुलाई मुन्नी बदनामकी मुन्नी भन्दा पनि शिलाकी जवानीकी शिला बन्न मनपराउँछिन् भन्ने थाहा लाग्यो . उनको भनाई यस्तो छ -'मुन्नी बदनाम भैसकेकी छन् र शिलामा भर्खर जवानी चढ़दैछ । ममा पनि जवानी चढिरहेकोले म मुन्नी होइन, म बदनाम नभै जवानी देखाउन मनपराउँछु ।' उनको त्यो विचारलाई स्यालुट गर्दै मिथुनशैलीमा हामी भन्छौ 'क्या बात ! क्या बात ! क्या बात !'


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...