क्यानाडामा रहेका केही नेपालीहरुले मृगौलामा खराबी आएर उपचाररत् काठमाडौंस्थित पत्रकार रमेश चालिसेलाई ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
क्यानाडाको टोरन्टो मा रहेका पत्रकार केशव सिग्देलको सक्रियतामा संकलित उक्त रकम पत्रकार महासंघ मार्फत पत्रकार चालिसेलाई मंगलवार हस्तानान्तरण गरिएको छ । सिग्देलले महासंघका अध्यक्ष धर्मेन्द्र झालाई बुझाएका उक्त रकम झाले तत्कालै चालिसेलाई हस्तानान्तरण गरेका थिए । केशव सिग्देल, अतुल सुवेदी, गोविन्दसिंह रावत, दिनेश सापकोटा, कमला कार्की, सुदर्शन काफ्ले, यामप्रसाद गुरुङ, मुक्तिराम अर्याल, दिपेन्द्र पौडेल, रन्जु अर्याल, दुर्गा अधिकारी, मलु केसीले उक्त रकम सहयोग गरेका हुन् ।
दुवै मृगौला बिग्रेर नियमित रुपमा वीर अस्पतालमा चालिसेले उपचार गराइरहेका छन् । उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावले हुन सकेको छैन । महासंघको पहलमा सरकारले केही समय अगाडि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...