विद्यार्थीलाई तीनसयमा इन्टरनेट


काठमाडौं, माघ १४  - ब्रोडलिंकले क्यान इन्फोटेकमा विद्यार्थीको लागि तीनसय रुपैयाँमा वाइफाइ इन्टरनेट दिने भएको छ।क्यान इन्फोटेकको टाइटल प्रायोजक ब्रोडलिंकले ७६८ केबिपिएस स्पिडको इन्टरनेट तीनसय रुपैयाँमा दिने योजना ल्याएको छ। 'विद्यार्थीको लागि ल्याइएको यो स्किम अन्तरगत तीन जिबी डाटा प्रयोग गर्न सकिन्छ,' ब्रोडलिंकका प्रमुख कार्यकारी अधिकृत विनोद तिमल्सिनाले भने।
तीनसय रुपैयाँ तिरेपछि विद्यार्थीले तीन जिबीसम्म डाटा प्रयोग गर्न पाउँछन्। त्यसलाई एक्टिभेट गरेको एक महिनासम्म प्रयोग गर्न पनि सकिन्छ र एकै दिनमा सिध्याउन पनि सकिन्छ। तीन जिबी डाटा प्रयोग गरिसकेपछि फेरि तीनसय रुपैयाँमा अर्को प्याकेज किनेर प्रयोग गर्न पनि बिद्यार्थीले सक्छन्।
ब्रोडलिंक नेपालमा पहिलो पटक फि्र वाइफाइ व्याण्डमा व्यबसायीक रुपमा वाइफाइ सुरु गर्ने कम्पनी हो। अहिले काठमाडौं लगायत बनेपा, बुटवल, नारायणगढ, पोखरा र हेटौंडामा इन्टरनेट सुरु गरिसकेको छ। नेपाल भ्रमण वर्षमा यहाँ आउने पर्यटकलाई सुविधा दिनेगरि यो कम्पनीले सबै प्रमुख पर्यटकीय स्थललाई वाइफाइ सेवायुक्त बनाउने भएको छ।
सन् २०११ भित्रै धुलिखेल, पाल्पा, भैरहवा, बेसीशहर, गोर्खा, दमौली, बन्दीपुर, टाँडी र सौराहामा वाइफाइ सुरु गर्ने तयारी गरिसकेको छ।
विद्यार्थी भन्दा बाहेकका उपभोक्ताले १२८ केबिपिएस डाटालाई अहिले मासिक नौसय रुपैयाँ तिर्छन। 'विद्यार्थीको लागि भनेर यस्तो सहुलियत दिएका हौं,' तिमल्सिनाले भने। 
ब्रोडलिङ्कले आफ्नो इन्टरनेट सेवा लिने उपभोक्तालाई शेयरिङमा नभै डेडिकेटेड व्याण्डविथ दिइरहेको दावी गरेको छ।

क्यान इन्फोटेककै अवसरमा यो कम्पनीले आइपी टेलिफोन अन्तरगत प्रति मिनेट ९९ पैसामा १५ देशमा टेलिफोन गर्ने सुविधा ल्याएको छ। @ Nagariknews

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...