गणित शिक्षामा नयाँ आयाम


ओक्लाहोमा, अमेरिका २४ जनावरी /
नेपालको शैक्षिक परिवेशमा विद्यार्थीहरुको लािग निल्नु न ओकल्नु बनेको गणित शिक्षाको स्तर केही माथि उठ्न सक्ने ठूलो सम्भावना देखिएको छ । 
अमेरिकामा बसोवास गर्दै आएका नेपाली गणितशास्त्रीहरुले भेलाले एक कार्यसमिति गठन गरेको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयमा गणित शिक्षामा विद्यावारिधी गर्दै गरेका विद्यार्थीहरु र गणितको अध्यापन कार्यमा लागि परेका प्रोफ्रेसरहरुको यो संस्थाले विश्वभरी रहेका नेपाली गणितज्ञहरुको शैक्षिक उन्नतीको लागि पहल गर्ने अमेरिका स्थित सन्तोष भट्टराईलाई अनलाईनमार्फत जनाएको छन् । सो कार्यसमितिको अध्यक्षमा डा.मुक्त बहादुर भण्डारी सर्वसम्मत चयन हुनु भएको छ भने उपाध्यक्ष हरुमा क्रमश डा। ध्रुव अधिकारी र सन्तोष भट्टराई रहेका छन् भने सचिवमा दीपक बस्याल र कोषॉध्यक्षमा डा। गोकर्ण अर्याल मनोनित भएका छन््र त्यसै गरि सदस्य हरुमा डा। नारायण थापा, परशुराम बुढाथोकी, तुलसी पौडेल र डा। भारत रावल चयन भएका छन् . 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...